MiR अभिभावकहरू, बालबालिका तथा युवाहरूको एउटा यस्तो नेटवर्क हो, जसले जातीय र सामाजिक पृष्ठभूमि जेसुकै भए पनि सबैलाई जोड्दछ । यसले बालबालिका हेरचाह केन्द्र, विद्यालय, परिवार र समुदायका विभिद विषयहरुमा बहुसांस्कृतिक दृष्टिकोणसहित सूचना, परामर्श र सहायता दिने काम गर्दछ। साथै, MiR ले विभिन्न समूहहरूको आवाजको प्रतिनिधित्व गर्दै सरकारी निकाय र समाजसँगको छलफलमा तिनीहरूको प्रतिनिधि भूमिका निभाउँछ।
MiR को उद्देस्य भनेको अभिभावक, बालबालिका, युवा र समाज जोड्ने पुल बन्दै परिणाम स्वरुप उनीहरूबीच जीवन कौशल, आपसी समझदारी र समावेशी सहभागिताको अभिवृद्धि गर्नु रहेको छ। यो संस्था राजनीतिक र धार्मिक रूपमा स्वतन्त्र छ।
पहिलो MiR समूहको स्थापना सन् २००२ मा भएको थियो। त्यति बेला MiR तत्कालिन शिक्षा तथा अनुसन्धान मन्त्रालयद्वारा आर्थिक सहयोग प्राप्त गरि संचालित एउटा परियोजना थियो जसको नेतृत्व प्राथमिक र माध्यमिक शिक्षाका लागि राष्ट्रिय अभिभावक समिति (FUG) ले नेतृत्व गरेको थियो। MiR समूहहरूको स्थापना गर्ने उद्देश्य विद्यालय र नगरपालिका बीचको सम्बन्धमा मात्र ध्यान दिनुको सट्टा अभिभावकहरूसँग प्रत्यक्ष पहुँच बनाउनु थियो। यो परियोजना २००६ मा समाप्त हुने योजना थियो, तर MiR समूहहरूमा सक्रिय अभिभावकहरूले यस परियोजनालाई निरन्तरता दिन इच्छा व्यक्त गरे। तिनीहरूले यो नेटवर्कलाई निरन्तरता दिन धेरैपटक बैठक गरे। त्यसपछि MiR स्वतन्त्र संस्थाको रूपमा स्थापित भयो।
MiR को दृष्टिकोणले कुनै पनि समयमा संस्था र स्थानीय शाखाहरूले सञ्चालन गरिरहेका परियोजनाहरूको प्रकार निर्धारण गर्छ। हाल, MiR धेरै परियोजनाहरूमा संलग्न छ, तर यसको मुख्य ध्यान अभिभावक, बालबालिका र युवालाई विद्यालय, बालबालिका हेरचाह केन्द्र (kindergarten) र समाजसँग सक्रिय रूपमा संलग्न हुन सशक्त पार्नेमा छ। MiR का धेरै परियोजनाहरू मध्ये «गृहकार्य सहायता» (Homework Help) सबैभन्दा सफल प्रयास हो। MiR का वर्तमान परियोजनाहरूको अद्यावधिक सूची यसको वेबसाइटमा उपलब्ध छन्